नियम ३४
दण्ड सजाय गर्ने अधिकारी तोकिएको

(१) ऐनको दफा १२ को उपदफा (१) बमोजिम दण्ड सजाय गर्ने अधिकार सम्बन्धित नापी गोश्वारा वा नापी कार्यालयका प्रमुखलाई
हुनेछ ।
(२) ऐनको दफा १२ को उपदफा (२) वा (४) बमोजिम दण्ड सजाय गर्ने अधिकार सम्बन्धित नापी शाखाका प्रमुखलाई हुनेछ ।
(३) ऐनको दफा १२ को उपदफा (५) वा (६) बमोजिम दण्ड सजाय गर्ने अधिकार महानिर्देशकलाई हुनेछ ।